कोशी प्रदेशमा बजेट होलिडे

काठमाडौं। कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ। 

अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो। बजेट शून्यतामा गएकाले एमाले अदालत जाने तयारीमा रहेको छ।  

बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुनेछन्।

नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट असार १४ गते प्रदेशसभामा टेबुल भएको थियो।
 
सभामा टेबुल भएको बजेटलाई ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नु पर्ने थियो। तर प्रतिस्थापन विधेयक संसद्मा टेबुलसम्म हुन नसक्दा कोशी प्रदेशमा बजेट होलिडे सुरु भएको हो। (नेपाल न्यूज बैैंक)
 

प्रतिक्रिया