‘जात्रै जात्रा’ पछि अब ‘महाजात्रा’

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि यसको तेस्रो शृङ्खलाका रूपमा नेपाली चलचित्र‘महाजात्रा’ बन्ने भएको छ।

निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो। यस अघिका शृङ्खलामा रहेका कलाकारसँग यसपटक हरिवंश आचार्य पनि जोडिएका छन्।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन्। 

चलचित्रको छायाङ्कन दसैँलगत्तै हुने जनाइएको छ। चैत ९ मा प्रदर्शन मिति तय गरिएको निर्माण संस्थाले जनाएको छ। छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको छ।(नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया