ललिता निवास जग्गा प्रकरण: ५२ जना विरुध्द मुद्दा दर्ता

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। 

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

प्रतिवादी बनाइएकाहरुलाई जग्गा किर्तेको अभियोग भने लगाईएको छैन। तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ। 

उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीले समेत जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि पनि मुद्दा नचल्ने राय दिएको थियो। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया