तनावमा परेको धरानका नगरपिता भन्छन्ः ‘म सबै धर्मलाई उचित सम्मान गर्छु’

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कसाम्पाङले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन्। 

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तिमी र ममा फरकः तिमी एउटा धर्मलाई प्रधानता दिन्छौं र अरु धर्मलाई कुल्चन खोज्छौं! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु!’

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको टिप्पणी गर्दै तर आफूले भने मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराएको दावी गरेका छन्।

केही समययता विभिन्न कारणले तनावमा रहेको धरानका नगरपिता साम्पाङको यो भनाई सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तनाव बढाउन चाहने व्यक्तिहरु हतोत्साहित भएको बताईएको छ।
 

प्रतिक्रिया