‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’

काठमाडौं। गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकार जीतु नेपालले दर्शकहरुको लागि ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ ल्याउने भएका छन्।

यो पटक उनले स्टेज तथा डिजिटल प्लेटफर्म दुवै मार्फत गाईजात्रा प्रस्तुति दिने बताएका छन्।

स्टेज कार्यक्रमको रुपमा उनी केही कमेडी साथीहरुसँग मिलेर ‘रुस्लान कमेडी यात्रा’ र डिजिटलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ नामक कार्यक्रम ल्याएको उनले जानकारी दिए।

‘रुस्लान कमेडी यात्रा’ भदौ १४ पछि सुरु हुनेछ भने ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ भदौ ७ देखि २० भदौसम्म आफ्नो युट्युब च्यानलबाट हरेक दुई दिनमा आधा घण्टाको कार्यक्रम ल्याएका छन्।

‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ मा जितुको अलवा सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा (नक्कल हिसिला), एलिना बास्कोटा लगायतका कलाकारहरु रहेका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया