दुधकोशी र कमला नदीमा पानी सतह बढ्यो: सर्तकता अपनाउन आग्रह

काठमाडौं । निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो। 

दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ। खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ।

प्रशासनले सिरहामा पछिल्लो २४ घन्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो। आज, शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया