एमाले अध्यक्ष भन्छन्– ‘केपी ओली ढुक्क छ’

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिँदा आफूले कानूनले समाउने गरी कुनै छिद्र नछाडेको दावी गरेका छन्। 

पूर्व प्रधानमन्त्री ओलीले भने, ‘मलाई थाहा छ विरोधीहरु छन्, तिनीहरुले पाएसम्म सत्यका विरुद्ध काम गर्छन्। म सर्तक छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस्। मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गरेको छु। त्यसकारण यिनीहरुको इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन्। माकुराको जालोमा भैसी पर्दैन भन्ने कुरा यीनिहरुले बुझ्नुपर्छ।’

उनले झुटैमा जाने हो भने कानूनले आफूूलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको दाबी गरे। उनले भने, ‘झुटैमा जाने हो भने तर कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, राखेकै छैन। किनकी केपी ओली ढुक्क छ।’

सुन लुकाउन गिरिबन्धु टी स्टेट 

ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन आफूलाई गिरिबन्धु टी स्टेटको जग्गामा भ्रष्टाचारको आरोप लगाएको दाबी पनि गरेका छन्।

 पहिले नै ७० बिगा जग्गा बेचेकोमा उनले आफ्नो सरकार हुँदा  कानून बिना बेच्न पाईदैन भनेर कानून बनाउदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन आफूलाई आरोप लगाइएको उनको टिप्पणी छ। 

उनले भने, ‘१०० केजी ५१ मा झ¥यो। साढे ९ केजी कतिमा झ¥यो थाहा छैन। यति मजाक गरिरहन भ्रष्टाचारको यसको खालको कुरालाई लुकाउन गिरिबन्धु टी स्टेट झापामा छ त्यसमा खायो केपी ओलीलले गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होईन् गिरि बन्धुको हो २१ सालदेखी छ। पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो उहाँहरुकै सरकारले म आएपछि कानून बिना बेच्न हुँदैन भनेको थिए। कानून बनाईदिएँ भ्रष्टाचार भयो रे।’

उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे। नेकपा एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरे। 
  

 

 


 
 

प्रतिक्रिया