हराएको सरकार खोजिदिन सभामुखसँग एमालेको हारगुहार

काठमाडौं। नेकपा एमालले प्रतिनिधि सभाको बैठकमा सरकारको उपस्थिति नदेखिएपछि सभामुखसँग सरकार खोजिदिन हारगुहार गरेको छ। 

प्रतिनिधिसभाको वैठक जारी रहँदा सरकारको प्रतिनिधि उपस्थित रहनुपर्ने चलन विपरित आजको वैठकमा एकजना मन्त्री पनि उपस्थित नदेखिएपछि एमालेले आपत्ती जनाएको थियो।

एमाले सांसद सूर्य थापाले २५ जनाको मन्त्री मण्डलका एक जना सदस्य समेत  सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए। थापाले सरकार हराएको भन्दै खोजी गर्न सभामुखको ध्यानाकर्षण गराए।
 
उनले भने ‘सरकार हरायो सभामुख महोदय, सरकारको खोजि गरि पाउँ, मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडी बढ्न सक्दैन। प्रधानमन्त्री र २५ जना मन्त्रीहरु मध्ये १ जाना पनि यहाँ हुनुहुन्न। यो घनघोर अन्याय हो। यो सदनको अपमान हो।’ 
  
 

प्रतिक्रिया