पशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ

काठमाडौं। रेखा फिल्म्स र कपनगढ़ी सिनेमाको तर्फबाट निर्माण हुने नेपाली ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ भएको छ। 

विहीबार पशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ गरिएको हो। यो लभस्टोरी र सोसल ड्रामामा आधारित रहेर रेखा फिल्म्स र कपनगढी ब्यानरमा निर्माण हुँदै छ।   

Uphar Movieउपहारको भदौ ११ गतेबाट औपचारिक छायांकन सुरु हुनेछ। फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा शर्मा रहेका छन्। 

निर्देशक ज्ञनेन्द्र देउजाले निर्देशन गर्ने चलचित्रमा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राना, अंशु थापालगायतको मुख्य भूमिका रहने छ।
  
Uphar Movieचलचित्रमा अर्जुन पोख्रेल र बाबुल गिरिको संगीत कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, देव गुरुङको सम्पादन, ईश्वर घिमिरेको प्रोडक्सन, बिष्णु कल्पित र फिल्म क्रू नेपाल टिमको छायांकन विष्णु कल्पितको छायांकन रहने छ। डिजिटल पार्टनर ओ एस आर डिजिटल, नेपाली बजार व्यवस्थापन एफ डि कम्पनी र रिच इन्टरटेनमेन्टले गर्ने भएको छ। यस्तै जापान र कोरियाको बजार व्यवस्थापनको जिम्मा भने युएनआई इन्टरटेन्मेन्टले लिएको छ। 

Uphar Movieगुरुपूर्णिमामा गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको थियो। बाबुल गिरिले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ। 

रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोडक्सले सहकार्य गर्ने भएको छ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया