काठमाडौं। भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ।
मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै त्यहाँ रहेका कमि्तमा पनि १७ जना कामदारको मृत्यु भएको बताएका छन्।
मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने समयमा त्यहाँ ३५ देखि ४० जनाजति कर्मचारी/मजदुर कार्यरत थिए। पुलको भग्नावशेषमा अझै धेरै व्यक्ति पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारको लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया