मन्त्री किरातीलाई पितृ शोक

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । 

बुधबार विहान समाजिक संञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारि दिएका हुन् । 

उनले लेखेका छन् ‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल  खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु ।

निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि ! 

तस्विरमा  आमा, वुवा, दिदि र म – ब्रुनाई, वुवाले फोटोको पछाडी लेख्नु भएको छ मिति – २०३७-११-१०

उनले आजबाट आफुहरु पूर्ण रुपमा टुहुरो भएको भन्दै दुख व्यक्त गरेका छन् । 

प्रतिक्रिया