इस्लामावाद। पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा दुई जना वयस्कसहित छ जना बालबालिका तुईनमा अड्किएका छन्।
विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा तुईन अड्किएपछि उद्धारको प्रतीक्षामा छन्। आज बिहान सात बजे चलिरहेको तुईन एक्कासी बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन।
एउटै डोरीमा तुईन अड्किएको तथा त्यसमा छ जना बालबालिकासहित दुई जना वयस्क रहेका प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ।
हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन्। स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ। यद्यपि पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ।
छ घण्टादेखि बालबालिका अड्किएका तथा एक जना बेहोस भएको तुइनमा रहेका वयस्कमध्येका एक गुजफ्राजले टेलिभिजन च्यानल जिओ न्युजलाई फोनमार्फत बताएका छन्।
प्रान्तीय उद्धार केन्द्रका वरिष्ठ अधिकारी जुल्फिकर खानले तुईन अड्किएको स्थानमा हेलिकप्टरबाहेक केही पुग्न नसक्ने बताउँदै प्रान्त सरकारसँग पनि हेलिकप्टर उपलव्ध गराउन अनुरोध गरिएको बताएका छन्। (रासस /एएफपी)
प्रतिक्रिया