‘एमाले संकीर्ण पार्टी हो, मेरो छाँयाँसँग तर्सियो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई संकीर्ण पार्टीको संज्ञा दिँदै उ आफ्नो छाँयाँसँग तर्सिएर राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा उपस्थित नभएको टिप्पणी गरेका छन्।  

आज शुरु भएको आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एमाले संकीर्ण पार्टी भएको आरोप लगाए। 

नेपालले भने, ‘राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिएँ। थाहा छैन मलाई किन हो एमालेका नेताहरु आएनन्। सम्भवत त्यहाँ माधव नेपालको छाँयाँ परेको हुनाले होला उहाँहरु आउनु भएन। 

अध्यक्ष नेपालले आफुहरुमा त्यस्तो खालको संकीर्णता र सानो चित्त नभएको चर्चा गरे। आफुहरु सबैको मान राख्दै साझा विषयबस्तुहरुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको नेपालको भनाइ थियो। 

अरुको मात्र दोष देख्ने प्रवृत्ति

अध्यक्ष नेपालले राष्ट्रिय दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम भएको र अरुको मात्र दोष देख्ने प्रवृत्ति रहेको बताए। आफ्नो काम सबै राम्रो भएको दावी गर्ने प्रवृतिले अवस्था विग्रने गरेको उनको भनाई छ। 

नेपालले भने, ‘आफ्नो कमजोरीलाई देख्ने प्रवृति कम छ। आफुले सबै राम्रो काम गरेको भनेर प्रस्तुत गर्ने प्रवृति ज्यादा छ। समस्या देखे पछि भाग्ने पन्छाउने वेवास्ता गर्ने र त्यसमा गुजुल्टिदै जाने अनि त्यसले क्यान्सरको रुप लिने स्थिति पनि विद्यमान छ। ’ 

अहिले देशको राष्ट्रिय राजनीतिक अवस्था कस्तो छ भनेर नियाल्न जरुरी भएको उनको भनाइ छ।  

प्रतिक्रिया