काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य वृद्धि भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार घिउसिमीको मुल्य बढेर ११० रुपैयाँ पुगेको छ। खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपैयाँमा किनबेच भइरहेको छ।
यस्तै तुनेबोडीको मूल्य बढेर ११० रुपैयाँ थोकमै पुगेको छ भने खुद्रामा यसको मूल्य प्रतिकेजी २२० रुपैयाँसम्म किनबेच भएको छ। यस्तै सेतो मुला बढेर ७६ रुपैयाँ पुगेको छ। स्थानीय काउली प्रतिकेजी ८८ रुपैयाँ, मकैबोडी ८५ रुपैयाँमा थोकमा किनबेच भइरहेको छ।
यस्तै भटमास प्रतिकेजी १०४, तितेकरेला प्रतिकेजी ५०, लौका प्रतिकेजी ८०, परबर प्रतिकेजी ७०, घिरौँला प्रतिकेजी ५० र भिन्डी प्रतिकेजी ५० रुपैयाँमा किनबेच भइरहेको छ। यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया