सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीशको भनाई: "सर्वोच्च अदालतमा तीन गुणाले मुद्दा बढ्यो"

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको खुलासा गरेका छन्। 

संसदीय सुनुवाई समितिमा आफ्नो पक्ष राख्दै श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्यायसम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्यबोझ पनि तीन गुणाले बढेको बताए। 

उनले भने,‘२०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो। तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको संख्या पुगेको छ। मुद्दाहरु करिव तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ।’ 

१० वर्ष अगाडि फछ्यौट दर हेर्दाखखिी १० वर्ष अगाडि जम्मा ५४ हजार ४ सय ४४ मुद्दाहरु फछ्यौट भएको चर्चा गर्दै उनले तर ८० साल असार मसान्तसम्म १ लाख ८१ हजार ३ सय ३८ मुद्दा फछ्यौट भएका जानकारी गराए।  

उनले भने, ‘ सर्वोच्चको कार्यबोझ हेर्दाखेरि १० वर्ष अगाडि सर्वोच्चमा जम्मा २४ हजार ५ सय ७० मुद्दा पर्थे र फछ्यौट ६ हजार ७९६ मात्र हुन्थो। अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता संख्या रह्यो। र त्यसमा १२ हजार १६२ फछ्यौट अर्थात् १० वर्ष अगाडिको तुलनाको रुपमा सवैभन्दा धेरै सवोच्चले फैसला गरेको छ।  

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठ संसदीय सुनुवाई पछि प्रधानन्यायाधीश नियुक्त हुनेछन्। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया