भविष्यवाणी

सन् २०२५ को जुलाईबाट इन्टरनेट हराउन सक्ने

कवि बिष्णु विभू घिमिरे लगायत अरु पनि केही कवि जस्तो विमल निभा, बिप्लव ढकाल लगायत अरुहरुले पनि कवितामा विश्व परिवेश, समाज बिसंगत र अराजक बन्दै बिनासोन्मुख दिशातर्फ गैरहेको आँकलनका साथ कविता लेखेका छन्।

यद्यपि म एक कविका साथै ज्योतिष बिषयमा अध्ययन गरेका हिसावले आगामी समयको ग्रहहरूको गोचरीय अवस्था खगोलमा तिनको गति, बक्री, मार्गी दृष्टि निक्षेपका कारण यो पिण्ड अर्थात् पृथ्वीमा पर्नजाने असरबारे केही चर्चा गर्दछु।

अब यही अगस्ट २४ बाट बुध बक्री बन्ने छन्। मंगल बुधकै घर कन्या राशिमा प्रवेश हुनु र मालिक बाङ्गिनुको अर्थमा मंगल असहज बन्नेछन्।

मंगलको कारकत्व कालपुरुषको कुण्डलीमा प्रथमभाव र षष्ठभावका मालिक हुनाले उग्रता, असहिष्णुता, खलनायक, नायक, साहस, घर भूमि, अग्नि, पृथ्वी सुष्कता, सुस्तता, चोटपटक, ठूला देखि सानासम्मका दुर्घटना, रोग हैजा महामारी, शत्रु, दुर्ग, जंगल, पहाड, कन्दरा, युद्ध, अराजक गतिविधि लगायतका र सेना, प्रहरी, सुरक्षा, सीमाना, घरकम्पाउण्ड लगायत राष्ट्र, अन्तरराष्ट्र, ब्रम्हाण्डहरूको सीमा, एलियन, नाग, सर्प बिषालु जीवहरू, बीषलगायत, भूस्खलन, संरक्षण तथा पहिरो, भैँचालो धेरै थोकमा प्रभाव पार्ने ग्रह हुन्।

अहिले आकाशमा देखिने अचानक उछिट्टिने उल्काहरू, ग्रहीय युद्ध, देव दानवका बीचको युद्ध, ठूलाठूला युद्धहरू उल्कापिण्डहरू पृथ्वीमा ठोकिने जस्ता मास दुर्घटनाका कारक भएकोले अनायास यस्ता घटनाहरू ४२दिन भित्र घट्नसक्ने, उप्रान्त पनि तुलामा सर्दा पनि मंगल शुक्रकासाथमा असहज नै रहने शनिसँग षडाष्टक योगहरू निर्माण हुने समेतका कारण ठूलो पैमानमा युद्धहरू बढ्ने अवस्था नआउला भन्न सकिन्न।

मंगल पूर्व र दक्षिणका कारक भएकोले हाम्रो दक्षिणको मित्र शत्रु बनेर देखा पर्ने अनि यसको दण्ड उसैले बढी पाउने कारण भारतमा बिनाश धेरै देख्नमा आउनेछ। भूकंप, बाढी, आगलागी, पहिरो र जातीय धार्मिक  दङ्गाहरू भारतका धेरै राज्यहरूमा देखा पर्नेछन्।

हामीकहाँ सुरक्षा प्रति सरकारको रवैया नकारात्मक हुने भएको कारण सेनाको “कू” नहोला भन्न सकिन्न। ठूला नेताहरू षड्यन्त्रको सिकार हुन सक्ने संभावना पनि प्रवल छ। आगामी  केही दिनमा गुरु पनि बक्री हुने भएको कारण उत्तर तर्फको छिमेकी ससंकित रहने दक्षिणको र पश्चिमको खुफिया देशमा बढ्ने, अनेकौं सेक्स स्काण्डल लगायत तस्करी र माफियाको पोलहरू खुल्दै जाने, हाम्रो देशको स्वामी स्वयं मंगल र राज्य र आपूर्ति या इच्छाशक्ति भावको कारक ग्रह शनि भएकाले दण्डहीनता भित्र दण्डहरू बड्ने अर्थात् भ्रष्टाचार आदिको कारवाही बढ्ने, आदि इत्यादि देख्नमा आउनेछन्।

गुरुको बक्रत्व मार्गसम्म भएकोले राजा आउनसक्ने संभावना पनि धेरै हदसम्म ग्रहले देखाएको छ अर्थात् पछि छोडिएको शक्ति पुनः जनताले बिश्वास गर्न सक्ने संभावनालाई नकार्न सकिन्न। जनताको पूर्ण बिश्वास सत्ताधारी पार्टी अर्थात् लोकतान्त्रिक पार्टीहरूले गुमाउने, ठूला पश्चिमी देशहरूले यहाँ हेर्न आफैं चङ्गुलमा फस्ने कारणले नपाउने हुन नसक्ला भन्ने छैन।

अमेरिकाको पश्चिमी भाग, रसियाको पुर्वी भाग, चीन र भारतका बीच पनि बारुद पड्कने अवस्था समेत मंगल शनिको गोचरीय अवस्थाले देखाएको छ। दोस्रो ग्रह ब्रम्हाण्ड समेतबाट युद्धमा भागलिने कुनै जीव वा अरु कुनै शक्ति नआउला भन्न सकिन्न। राहु र केतु मायावी ग्रहहरूको राशि परिवर्तनले त्यो अवस्था देखाइ रहेको छ। 

कुनै नयाँ किसिमको रोगआउने, गर्मी अत्यधिक बढ्ने, २०८० को उत्तराध्र्दबाट देखिनेछ। वैखाख २०८१ बाट उता लागेपछि त नेपालमा यो ब्यवस्था कुनै हालतमा रहँदैन। तेस्रो विश्व युद्ध, प्राकृतिक प्रकोप २०८१ सालमा थामिनसक्नु हुनेछ। गुरु मिथुन राशिमा प्रवेश गरेपछि अतिचार हुने क्रम कुम्भराशिमा नपुगुन्जेल रहनेछ।

विश्वमा यो गुगलरुपी इन्टरनेट पनि मासिन हराउन सक्नेछ। इन्टरनेट त सन् २०२५ को जुलाईबाट नै हराउन सक्छ। दूर संचारका सेवाहरू तहस नहस हुने संभावना बलियो छ। छोटो होइन ठूलै प्रलयको संकेत ग्रहहरूले देखाइरहेको अवस्थालाई नकार्न सकिन्न। 

यद्यपि पनि नेपाल सुरक्षित रहनेछ किनकि मेष राशि कालपुरुषको कुण्डलीमा अष्टमको मालिक मंगल नेपाल देशको कारक छन्। अन्यत्रको तुलनामा थोरै मात्र दुर्घटना नेपालमा हुनेछ।

निष्कर्षमा भन्नू पर्दा माल्थसको पपुलेसन थेउरी विश्वमा भरपुर लागु हुनेछ।

-ज्योतिषी उदय निरौलाको विश्लेषण 

 
 

प्रतिक्रिया