काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले नेपाल आफ्नो आत्मा भएको बताएका छन् ।
शुक्रबार काठमाडौं आएका वागेश्वर धाम सरकारले विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सबै श्रद्धालुका अघि भने ‘ नेपाल मेरो आत्मा हो । त्यसैले म नेपालमा यो भन्न चाहन्छु की हनुमान जीको चरणमा प्रार्थना गरेर एकदिन नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउनेछ ।
नेपालमा रहने सबै भक्तजनहरुको लागि पशुपतिनाथको कृपा बनिरहोस भन्ने उद्धेश्यले पशुपतिनाथको दर्शन गर्न जाने उनको भनाइ थियो ।
नेपाल हिन्दू राष्ट्र बनोस र सनातनको क्रान्ति यहाँ बनिरहोस भन्ने धारणा पनि उनले राखे ।
प्रतिक्रिया