बंगाली पर्यटकलाई पञ्चेबाजासहित भव्य स्वागत

काठमाडौं। नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी  पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ। बोर्डले शुक्रबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो। 

आउने कुल ३०० जना पर्यटक मध्ये आज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो।  

नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन्। नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया