शनिबार काठमाडौंका ५२ स्थानमा करिब ५ घन्टाका लागि विद्युत अवरुद्ध

काठमाडौं। भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ। निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ पनि प्राधिकरणले जानकारी गराएको छ।

विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरुमा सीतापाइला फिडर अन्तरगत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर रहेको छ। 

यस्तै, बाफल फिडर अन्तरगत बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भ¥याङ, बारुदखानालगायत ५४ स्थानहरु रहेका छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया