गठबन्धन बैठकको निष्कर्ष  ः सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोगको माग छानबिनलाई अवरोध गर्ने प्रयास

काठमाडौं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले,  सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अबरोध गर्ने प्रयास स्वरुप आएको निष्कर्ष निकालेको छ ।

 बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले  भने ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्च स्तरीय आयोगको माग्नु भनेको चै यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो । र यो केसलाई डेल्युट गर्नु हो भन्ने खालको हामी सबैको छलफल रह्यो ।’ 
त्यस्तै बैठकमा प्रतिपक्षको मागबारे गम्भीर छलफल भएको उनले बताए ।

 ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश त्यसैगरी, गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि छलफल भएको उनले जानकारी दिए । 
 

प्रतिक्रिया