कोशीमा दशककै उच्च बहाव, ब्यारेजका सबै ढोका खोलियो

काठमाडौं। पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर परेको वर्षाले  सप्तकोशी नदीमा पानीको बहाव ११ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि ५६ वटै ढोका खोलिएको छ।  

Water leveकोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेसँगै तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचित गरिएको छ। 

कोशीमा बिहान ९ः३० बजे गरिएको पछिल्लो मापनमा पानीको बहाव सामान्य घट्दै गैरहेको छ। मापन अनुसार प्रतिसेकेण्ड ४ लाख २१ हजार क्युसेक पानी बगिरहेको  जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।  

Water level1अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। नदीमा पानीको बहाव सामान्य घटेपनि उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ।  

कोशीमा यसअघि सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ।

ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया