युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौ जिल्ला समितिको दोस्र अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरुमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए । 

उनले भने ‘ नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता छटपटी छ । युवाहरुमा पलायनको एउटा होड छ की कसले पहिला नेपाल छोड्ने भनेर । युवाहरुको निराश भईरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको  छ । ’ 

महामन्त्री थापाले आफ्नो भविष्यको लागि छटपटाईरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए । 
 

प्रतिक्रिया