सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । 
काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो। जिल्ला न्यायधिश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् । 
शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले  बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा  पक्राउ परेका शर्मा बाहेक अन्य  पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।
 

प्रतिक्रिया