संसदको जारी अवरोधप्रति राष्ट्रपतिको चासो, प्रधानमन्त्री र सदन प्रमुखहरुसँग छलफल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको वैठक अवरुध्द भैरहेको विषयमा दुवै सदनका प्रमुखहरुसँग जिज्ञासा राखेका छन्।

राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आफ्नो कार्यकक्षमा बोलाएर संसदको जारी अवरोेध खुलाउन भइरहेको प्रयासबारे जिज्ञासा राखेका हुन्। राष्ट्रपति र सदन प्रमुखहरुवीच आधा घण्टा भएको कुराकानीमा अवरोध खुलाउन भइरहेको प्रयासबारे चर्चा चलेको सभामुखको सचिवालयले जानकारी दिएको छ। 

सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जारी गरेको प्रेस नोटमा ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २६ साउन, २०८० मा भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ। भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सम्माननीयज्यूहरुबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियो। भेटमा सम्माननीय सभामुख र सम्माननीय राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिज्यूबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो, भनिएको छ। 

सभामुख र राष्ट्रियसभा अध्यक्षले संसदको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको सभामुखका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन्। 

राष्ट्रपति पौडेलले संसदको वैठकमा जारी अवरोधबारे चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि जिज्ञासा राखेका थिए। 
 

प्रतिक्रिया