सिम्रिक एयरको उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरले ४६ लाख रुपैया नतिरेको जनाउँदै सबै उडानमा रोक लगाएको छ। प्राधिकरणलाई तिर्नुपर्ने नतिरेको जनाउँदै कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेको हो। 

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको जनाइएको छ। नागरिक उड्डयन निमयावली २०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको जनाइएको छ। 

सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए। कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया