उपत्यकाका नदी क्षेत्रका वासिन्दाको पीडा सरकारी निकायले नसुनेको पीडितको गुनासो

काठमाडौं। मंगलबार बिहानदेखि परेको अविरल वर्षाले अनामनगर भएर बग्ने रुद्रमति (धोबीखोला) र सामाखुशी आसपासको क्षेत्रलाई निकै प्रभावित पारेको छ।

Anamnagar flood (1)खोलाको दुवैतर्फका सडकसँग समानान्तर हुनेगरी पानीको वहाव बढेर वरपरका घर वस्तीमा समेत पानी पसेपछि ती क्षेत्रका वासिन्दालाई अस्तव्यस्त वनाईदिएको छ।

सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुवानमा परेको हो। धोबीखोलामा पानीको सतह Photoउच्च हुँदा वरिपरिका घरहरु पनि डुवानमा परेका छन्।  

यस्तै,सामाखुशी क्षेत्र पनि डुवानमा परेको छ। सामाखुशीमा विद्यालय,घर लगायतका क्षेत्र डुवानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तिमा पनि बाढी पसिसकेको छ। 

उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ। नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

Flood on Anamnagar Road (1)वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई मंगलबार बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Flood on Anamnagar Road (3)उपत्यकाका नदी किनारका वस्तीलाई वर्षेनी आउने बाढीले पीडित बनाएको सिकायत जानकारीमा आईरहे पनि उपत्यका विकास प्राधिकरणले भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ।

त्यसैगरी महानगरका वडा कार्यालयहरुले समेत बाढी प्रभावित क्षेत्रको गुनासो वास्ता नगरेको टिकाटिप्पणी भैरहेको छ।
 

प्रतिक्रिया