काठमाडौं : विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री विरुद्ध ललितानिवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी गरिएको छ ।
गच्छदारसहित तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध काठमाडौं जिल्ला अदालतले पछिल्लोपटक पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको सीआईबीले जनाएको छ ।
आइतबार (हिजो) उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ । गच्छदार तत्कालीन उपप्रधान एवं भौतिक योजनामन्त्री र नेपाली कांग्रेसका नेता हुन् । जोशी र श्रेष्ठ तत्कालीन भूमिसुधारमन्त्री हुन् । साह तत्कालीन राज्यमन्त्री हुन् ।
सीआईबीले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया