फिचर समाचार

दुःख बिसाउने आधारशीला बन्दै माइतीघर मण्डला

काठमाडौं। माइतीघर मण्डला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने थलो बन्दै आएको छ। घर झगडादेखि राष्ट्रको सीमा मिचिएको विवादसम्मका मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबैजनाले यसै माइतीघरलाई चुन्दै आएका छन्। माइतीघर यति

Maitighar 1

व्यस्त बन्न थालेको छ कि यसले अब २४ सै घण्टा फुर्सद् नपाउने जस्तो देखिन थालेको छ। 

माइतीघरमा अहिले भान्साघर, सुत्ने ओछ्यानदेखि अस्थायी शौचालयको निर्माण समेत गरिएको छ। पानी पर्दा ओत लाग्नको लागि पनि राम्रै व्यवस्था गरिएको छ। सहकारी पीडितहरु महिनौदेखि यही धर्ना कसेर बसेका छन्।  

संघीय शिक्षा ऐनको पक्षमा नाराबाजी गर्दै यहाँ हरेक दिन शिक्षकहरुको शिक्षाप्रेमीको नारा लाग्ने गर्छ। यस्तै मिटरव्याज पीडितहरुले धर्ना कसेको त महिनौ भैसक्यो। यति मात्र नभइ घर भित्रका मुद्दा लिएर माइतीघरमा धर्ना बस्नेहरु पनि कम छैनन्। 

Maiti3अहिले यहाँ सामूहिक रुपमा चन्दा उठाएर सामूहिक मेस चलाइएको छ। मोबाइल चार्जको लागि पनि व्यवस्था मिलाइएको छ। सरकारले सिंहदरबार वरिपरिको ठूलो क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ। तर माइतीघरलाई भने त्यो निषेधले छुँदैन। त्यही भएर पनि माइतीघरमा आवाज हरेक दिन बुलन्द बनेर घन्कने गर्छ। 

Maitighar2विगत ११ महिनादेखि तलव नपाएका वनका कर्मचारीहरु पनि देशभरबाट आएर अहिले माइतीघरमा नै भेला भएका छन्। उनीहरुलाई तलवको मात्र चिन्ता छैन आफुहरुले दुःख गरेर हुर्काएको वन पनि मासिने हो कि भन्ने चिन्ता छ। 

Maitigharकतिपय मुद्दामा सरकारका वरिष्ठ मन्त्रीहरु नै आएर आन्दोलनरत समूह र व्यक्तिसँग भेटर समस्याको सम्बोधन गर्ने गरिएकोले पनि माइतीघरको भाउ बढेको छ। सबैको मुद्दा नसुलिएला तर यहाँ आइपुगेपछि सुनुवाई भने हुनथालेको देखिन्छ। माइतीघर यसैले पनि दुःखमा परेका, पीडाले पिरोलिएका र अन्यायले थिचिएका नागरिकहरुरुका लागि आधारशीला जस्तै बनिसकेको छ।

(तस्बिरहरुः नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया