संवैधानिक परिषद् ५ बजे बस्दै, भावी प्रधानन्यायाधीशको नाम सिफारिस होला त?

काठमाडौं। स्थगित हुँदैआएको संवैधानिक परिषदको बैठक अपरान्ह ५ बजे बस्ने भएको छ।

भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बस्न लागेको बैठकले आजै निर्णय गर्ने हो कि होइन भन्ने कुरा निश्चित देखिँदैन। सर्वोच्च अदालतले नयाँ नेतृत्व पाउने निश्चित भएपनि राजनीतिक खिचातानीले निर्णय गर्न भने विलम्व भैरहेको देखिन्छ।

गत मंगलबार बसेको परिषदको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो। 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की आफ्नो कार्यकाल सकिनलागेकाले आगामी शनिवारदेखि विदामा बस्नेछन्। 

केही समय यता राजनीतिक खिचातानीकै कारण सर्वोच्च अदालत कायममुकायमको भरमा चल्ने परम्परा जस्तै भैसकेको छ। तर कार्कीको कार्यकालमा भने अन्तिम समयमा त्यो परम्परा भंग भएको छ। 

विगतमा जस्तै दलहरुले संवैधानिक परिषदको बैठकलाई अवरुध्द गर्दै रहेभने फेरि पनि सर्बोच्च न्यायालयले कायममुकायमबाटै काम चलाउनुपर्ने वाध्यता दोहोरिन सक्ने छ।
 

प्रतिक्रिया