'मतदान नगरेकोमा माफी चाहन्छु'

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश अधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् । प्रदेश १ को अधिवेशन कोइरालासहितका केन्द्रीय नेताहरूले मतदान गरेका थिएनन् ।

सोमबार सामाजिक संजालमार्फत कोइरालाले मतदान नगरेकोमा गल्ती महसुस गर्दै माफी मागेका हुन् । उनले लेखेका छन्, ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’

कोइरालानिकट उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि सामाजिक सञ्जालमा कोइरालाको आलोचना भएको छ । 


 

प्रतिक्रिया