विमानस्थलमा बरामद भएको सुन पगालेर जोखेपछि राष्ट्र बैंकलाई बुझाईने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको सुन पगालेर जोखेपछि नेपाल राष्ट्र बैंकमा बुझाईने भएको छ। राजस्व अनुसन्धान विभागका अनुसार हालसम्म सुनको परिमाण ब्रेक शुसहित तौलिदा १५५ केजी पुगेको छ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल १५५ केजी रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए।

विमानस्थलबाट बरामद भएको सुनको परिमाण जोख्न बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको थियो।

राजस्व अनुसन्धान विभागले मंगलबार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको हो। ती ब्रेक सुमा ८० देखि १०० किलोसम्म सुन भएको अनुमान विभागको छ।

राष्ट्र बैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ।

प्रतिक्रिया