प्रतिनिधिसभा

लम्पी स्किन महामारी नियन्त्रण गर्न सभामुखले गरे रुलिङ्ग

काठमाडौं। लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै सांसदहरुले चर्को आवाज उठाएपछि सभामुख देवराज घिमिरेले  सरकारलाई रुलिङ्ग गरेका छन्। सभामुखले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका हुन्।

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए।

सांदस तातेपछि

लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग गर्दै महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेर संसदको पुरै ध्यान खिचेका थिए।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरेका थिए। गिरीले रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च गर्न माग गरे।

सांसद रामहरि खतिवडाले देशका विभिन्न स्थानमा यस रोगका कारण रोपाइँको समयमा गोरु मर्दा किसानले खेतीपाती गर्न सक्ने अवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद रोशन कार्कीले लम्पी स्किन रोगका कारण हजाराँैको सङ्ख्यामा पशु चौपाया मरेको विषयमा सदनमा व्यापक बहस हुनुपर्ने र किसानलाई राहत दिन माग गरिन्। 

     
 

प्रतिक्रिया