'संसद अवरोधले म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ'

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले संसद अवरुद्ध गर्नुको औचित्य नभएको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत रावलले सरकारका सबै काम कारबाही हुन दिएर संसद अवरुद्ध गर्नुको कुनै औचित्य नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’

एमाले अध्यक्ष केपी शर्मा केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा संसद बैठक चल्न नदिने बताएका थिए । एमालेले यसअघिको संसद अधिवेशनमा पनि दैनिक विरोध गर्दै बैठक अवरुद्ध गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंसिर २८ गतेका लागि संसद बैठक आह्वान गरिसकेकी छन् ।

संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो।सरकारका सबै कामकार्वाई हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको अैाचित्य छैन।कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो।अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।

 

प्रतिक्रिया