लखनउमा 'स्वयमको आवाज' पुस्तकको विमोचन हुँदै


भय, क्रोध र चिन्ताबाट मुक्त जीवन 
अनि शान्ति मानिसका लागि सम्भव छ ।
– प्रेम रावत

विश्वविख्यात शिक्षक, 'स्वयम्को आवाज' (होहल्लाले भरिभराउ यस दुनियाँमा कसरी शानि्त पाउन सकिन्छ !) पुस्तकका लेखक एवम् मानवतावादी अभियन्ता प्रेम रावतको भनाइ के छ भने "मानिसले भय, क्रोध र चिन्ताबाट मुक्त जीवन बाँच्नुपर्छ ।" उहाँले संसारमा आफ्ना स्रोताहरूलाई प्रेरित गर्दै के भन्नुहुन्छ भने "हरेक मानिसले आफ्नो जीवनमा व्याप्त होहल्लालाई शान्त तुल्याएर हृदयमा सि्थत सत्य र अनौठो आवाजलाई सुन्न सक्छ । त्यो उसैभित्र रहेको शानि्तको स्रोत हो ।" उहाँले यसअघि यो पुस्तकको अङ्ग्रेजी संस्करण 'हियर योरसेल्फ' नामक पुस्तक लेखिसक्नुभएको छ । अमेरिकामा यस पुस्तकको विमोचन हुनासाथ त्यहाँ न्युयोर्क टाइम्सको बेस्ट सेलर (सर्वाधिक विक्री हुने) पुस्तकको सूचीमा पर्न सफल भएकोे थियो । यस क्रममा हिन्दी भाषामा अनुवाद गरिएको यस पुस्तकलाई प्रेम रावतले यही २ अप्रिलमा हुने लखनउको कार्यक्रममा पुस्तकप्रेमी तथा आफ्ना हजारौँ स्रोतासमक्ष लोकार्पण गर्नुहुनेछ । 

'स्वयमको आवाज' पुस्तकले पाठकलाई आत्मज्ञान तथा शानि्तका बारेमा प्रेरित गर्दछ । यस पुस्तकमा कथाहरु तथा संसारमा आफूले यात्राका क्रममा गरेको अनुभवलाई प्रेम रावतले निकै रोचक ढङ्गले प्रस्तुत गर्नुभएकोे छ । उहाँको भनाइ के छ भने "हामीसँग कति समय छ भन्ने बारेमा कसलाई थाहा हुन्छ र ?" हरेक दिन हामीलाई जीवनको उत्कृष्ट उपहार प्राप्त हुन्छ । हामीले हरक्षणमा सकेसम्म उत्तम तरिकाले जिउनु अत्यावश्यक छ । यस्तो भयो भने त आफ्नो सुन्दरताका साथ जीवन पनि फकि्रए जस्तै हुनेछ ।" उहाँको भनाइ के छ भने "हामीभित्र बजिरहेको त्यो शान्तिको गीतलाई हामीले कसरी सुन्न सक्छौँ ? यसर्थ हामीले पनि त्यो जीवनको चमत्कारलाई महसुस गर्न सकौँ किनकि ती सबै कुरा यसैमा समाहित छन् ।" 
प्रेम रावतले लेख्नुभएको यो 'स्वयमको आवाज' पुस्तकलाई हार्पर कोलिन्सले प्रकाशन गरेको हो ।

लेखकका बारेमा: सन् १९५७ मा भारतमा जन्मनुभएका प्रेम रावत एक लोकपि्रय शिक्षक, सर्वाधिक विक्री भएको पुस्तकका लेखक तथा मानवताका अभियन्ता हुनुहुन्छ । पछिल्लो ५० वर्षभन्दा पहिलादेखि नै पूरा संसारभरका मानिसहरूलाई आपूmभित्र जोडिएर सर्वोत्तम तरिकाले जीवन जिउनका लागि प्रेरित गरिरहनुभएको छ । कहिले एक विलक्षण युवा त कहिले ७० को दशकमा 'टीन एज आइकन' (किशोर अवस्थाका आदर्श व्यकि्तत्व) हुँदै विश्वशानि्तदूतका रूपमा चिनिनुहुने प्रेम रावतले लाखौँ मानिसहरूको जीवनमा स्पष्टता, प्रेरणा र गहिरो बोधगम्यता प्रदान गर्नुभएको छ । 

प्रेम रावत 'प्रेम रावत फाउन्डेसन' का संस्थापक हुनुहुन्छ । यो संस्था विश्वभर आइपर्ने प्राकृतिक विपति्त तथा मानिसको आधारभूत आवश्यकताको सहयोगमा प्रयासरत रहन्छ जसले गर्दा मानिसहरूले शान्ति, आत्म–सम्मान तथा समृदि्धका साथ जीवन जिउन सकून् ।

 उहाँ सबै क्षेत्रका मानिसहरूसँग मिलेर कार्य गर्नुहुन्छ र उहाँहरूलाई स्वयम्मा रहेको शानि्तलाई कसरी अनुभव गर्न सकिन्छ भन्ने कुराका बारेमा बताउनुहुन्छ । उहाँको यो प्रयास विश्वभरका १०० भन्दा बढी देशमा फैलिएको एको छ । उहाँले मानिसहरूका लागि आशा, आनन्द र शानि्तको व्यावहारिक सन्देश प्रदान गर्नुहुन्छ ।   

प्रेम रावत अन्तर्राषि्ट्रय स्तरमा सबैभन्दा धेरै मन पराइने सर्वाधिक विक्री भएका पुस्तकका लेखक हुनुहुन्छ । उहाँले 'शानि्त सम्भव छ' जस्ता पुस्तक लेख्नुभएको छ । प्रेम रावत पाइलट पनि हुनुहुन्छ । उहाँसँग १४ हजार ५ सय घण्टाभन्दा बढी समय उडान भरेको अनुभव छ । यसका अतिरिक्त उहाँ एक फोटोग्राफर हुनुका साथै पुरानो कारलाई पुननिर्माण गर्नमा रुचि राख्नुहुन्छ । उहाँ एक पारिवारिक व्यकि्तत्व हुनुहुन्छ । उहाँका चार जना छोराछारी तथा चार जना नातिनातिनाहरू हुनुहुन्छ । 

टाइमलेस टुडे एउटा मलि्टमिडिया कम्पनी हो । यसले मोबाइलमा आधारित सब्सकि्रप्सन एपका माध्यमबाट समयको सीमाभन्दा पर एउटा विलक्षण सन्देश मानिसहरूसमक्ष पु¥याइरहेको छ । यसले यस्ता उत्कृष्ट सामग्रीहरू उपलब्ध गराइरहेको छ जसबाट स्वयम्लाई चिन्न चाहने र व्यकि्तगत शानि्तको खोजीमा रुचि राख्ने जो–कोही व्यकि्तलाई प्रेरणा तथा मार्गदर्शन प्राप्त हुन सक्छ । 


 

प्रतिक्रिया