सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ। सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख सात हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू दुई हजार नौ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख नौ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख छ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रू ३५ वृद्धि भई रू एक हजार तीन सय ४५ पुगेको महासङ्घले जनाएको छ।

पछिल्लो समय सुनचाँदी बजारमा सुन तथा चाँदीको मूल्य बढ्दै गएको छ । यसअघि गत माघमा सुनको मूल्य प्रतितोला रू एक लाख सात हजार पाँच सयमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन औसत एक हजार नौ सय ८८ दशमलव ११ डलरमा कारोबार भइरहेको छ ।   (रासस) 

प्रतिक्रिया