वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने

काठमाडौं, १ चैत: चितवनको माणीस्थित वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ । वाल्मिकी आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि ज्ञान महायज्ञ हुन लागेको हो ।

महायज्ञ मूल समिति काठमाडौंका उपाध्यक्ष यमराज थानीका अनुसार वाल्मीकि आश्रमलाई गुरु योजना अनुसार सुरक्षा र विकास गर्न चैत्र ८देखि १६ गतेसम्म रामायण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।

आश्रमका लागि खानेपानी, शौचालय, बाटोघाटो, विधुत तथा अन्य पुर्वधार तयार गर्न स्थानीय सरकारलाई पनि अनुरोध गरिएको उनको भनाई थियो । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले जगत जननी सीतालाई त्याग पछि सीताले वाल्मीकि आश्रममै जीवन बिताउँदै आएको मानिन्छ ।

रामपुत्र लव, कुशको जन्म र शिक्षादीक्षा पनि त्यहीं प्राप्त गरेको मानिएको छ । उक्त स्थानमा २०५४ साल चैत्रमा राम नवमीको अवसरमा सीताको मन्दिर शिलान्यास भएको थियो । दुई बर्षपछि २०५६ चैत्र ३० गते देखि मन्दिरको प्राणप्रतिष्ठा भएर हरेक बर्ष राम नवमीमा पूजाआजा हुँदै आएको महायज्ञ मूल समितिका कोषाध्यक्ष कमल उपाध्यायले जानकारी दिए ।

वाल्मीकि आश्रमको प्रचारप्रसारको लागि रामायण ज्ञान महायज्ञ सञ्चालका लागि सर्वपक्षीय भेला पनि भइसकेको छ । विश्व सनातन धर्म पुनस्र्थाापना जिल्ला समिति विनयी त्रिवेणीले जनाएको छ ।

विश्व सनातन धर्म पुनर्स्थापना मूल समिति काठमाडौका अध्यक्ष दीपक रायमाझीले श्रीराम तथा सिताको धर्ती प्रवेश स्थल, राम–सीतापुत्र लव, कुशको जन्मथलोका रुपमा आश्रमको महत्वबारे बुझाउन महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया