राष्ट्रपति नपाउने भएपछि सरकारबाट बाहिरियो एमाले

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रोकेको प्रतिक्रियालाई निहुँ बनाएर नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। 

पुस १० को सहमति अनुसार राष्ट्रपति आफ्नो पार्टीको भागमा नपर्ने निश्चित भएपछि नयाँ दाउपेच खोजीरहेको एमालेले सरकार छाडेपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।

हिजोदेखि बिकसित भएको राजनीतिक घटनाक्रमपछि एमालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। एमालेले यसअघि राष्ट्रपति पदका लागि भएको उम्मेदवारी दर्ताको क्रममा फागुन २५ गतेसम्म सरकारमै बस्ने घोषणा गरेको थियो। तर आइतबार परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री दाहालले जेनेभा जानबाट रोकेपछि एमाले सरकारबाट बाहिरिएको हो। 

प्रतिक्रिया