काठमाडौं। संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताए । उनले नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवद्र्धनको आवश्यक्ता रहेको बताए ।
संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरुले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिए । उनले नेपालको राजनीतिक वर्गले नेपाली मानिसहरुको दिमागको सही सदुपयोग गर्न नसकेको बताए । उनले नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको बताए ।
प्रतिक्रिया