पूर्वमन्त्री डा मथुराप्रसाद श्रेष्ठको निधन


 काठमाडौँ, ८ फागुन: पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिनुभयो । 
 
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । 
 
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुुनुहुन्थ्यो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ । (रासस)

प्रतिक्रिया