ग्यास विस्फोट घटनामा घाईते हरिकलाको निधन, सांसद भण्डारीलाई मुम्बई लाने तयारी

काठमाडौं। गएराती ग्यास सिलिण्डर बिस्फोटले गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैगरेकी ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ। उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी पनि त्यही घटनामा घाईते भै सँगै उपचाररत थिए। निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उगम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारका अनुसार हरिकलाको निधन भएको जानकारी दिईन्। ‘उहाँको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो,’ ताम्राकारले भनिन्।

हरिकलाका पुत्र सांसद चन्द्रको भने उपचार जारी रहेको र उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भैरहेको छ।

प्रतिक्रिया