इपीएसबाट अझ बढी नेपाली कामदार कोरिया लैजान छलफल

काठमाडौं। नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले आगामी वर्ष त्यसलाई भव्यताका साथ मनाउने विषयमा दुइ देशका उच्च तहमा छलफल भएको छ ।

नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटमा यसबारे छलफल भएको छ।

KPKप्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थाहा भएको छ।

प्रतिक्रिया