राष्ट्रपति निर्वाचन: माधव नेपाल पनि सहमतिकै पक्षमा

 काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा बनाउनुपर्ने बताएका छन्। 

अध्यक्ष नेपालले सहमतिमै सबै पार्टीलाई समेटेर अगाडि बढनुपर्ने बताउँदै त्यसमा आफ्नो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै रहेको बताए। पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आएका नेपालले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। नेपालले भने- 'मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ।'

संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने उनको भनाइ छ।

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यवधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे।

सुदूरपश्चिममा एमाले नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ। कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया