आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने एमालेको उद्घोष, १७ बुँदे प्रस्ताव पारित

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा आगामी महाधिवेशनबाट एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने अठोट गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउने महाधिवेशनको अठोट रहेको बताए । औपचारिकता पूरा गर्नको लागि मात्र महाधिवेशन नगरेको उनले दाबी गरे । महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण गराएको छ ।

महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

प्रतिक्रिया