टर्कीको दक्षिणपूर्वी क्षेत्रको गाजियनटेपमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसार बिहान ४:१७ मा गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ भने केही समयपछि शक्तिशाली परकम्पहरूसमेत गइरहेको युएसजीएसले जनाएको छ।
भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको, धेरै मानिसहरु फसेको र हताहत भएको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले बताएका छन्।
प्रतिक्रिया