सरकारबाट बाहिरिने रास्वपाको निर्णय


काठमाडौँ, २२ माघ: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

    आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले  सो जानकारी दिनुभएको हो ।

    बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उहाँ पदमुक्त हुनुभएको थियो । (रासस)

प्रतिक्रिया