नेटफ्लीक्समा डिसेम्बरभरी के के रिलिज हुँदैछ ? 

 

काठमाडौं । कोरोना महामारीपछि विश्वभर जब सिनेमा हलहरु बन्द भए, त्यसबेला नेटफ्लीक्सलगायतका ओटीटी प्लेटफर्मले दर्शकमाझ लोकप्रियता कमाए । यी माध्यममा नयाँ नयाँ चलचित्र र वेबसिरिजहरु रिलिज भइरहे । नेटफ्लीक्सको लोकप्रियता कुन हदसम्म बढेको छ भने हलहरु खुलीसक्दा पनि दर्शक भने यीनै माध्यममा भुल्न छाडेका छैनन् । प्रस्तुत छ, डिसेम्बर महिनामा नेटफ्लीक्समा रिलिज हुने नयाँ पाँच वेब सिरीजको चर्चा, जसको दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । 

लस्ट इन स्पेश

Lost-In-Space-Releasing-Soon

डिसेम्बर महिनाको पहिलो दिन नै नेटफ्लीक्सले आफ्ना दर्शकका लागि उपहार दिदैछ । डिसेम्बर १ मा साइन्स फिक्सन सिरीज ‘लस्ट इन स्पेश’को तेश्रो अनि अन्तीम सिजन रिलिज हुँदैछ । यसको पहिलो सिजन २०१८ र दोश्रो सन् २०१९ मा आएको थियो । 

मनी हाइस्ट

money-heist-ending

बहुचर्चित क्राइम सिरिज ‘मनी हाइस्ट’को पाँचौ र अन्तिम सिजनको पनि अन्तिम भाग ३ डिसेम्बरमा रिलिज हुँदैछ । सिजनको ५ भाग तिन महिनापहिला सेप्टेम्बरमा रिलिज गरिएको थियो । अब दर्शक यसको अन्तिम भागको प्रतिक्षामा छन्, आखिर कथा कसरी टुँगीन्छ । 

टाइटन्स्

titans-season-3-renewed

डिसेम्बर ८ मा नेटफ्लीक्समा सुपर हिरो सिरिज ‘टाइटन्स’को तेश्रो सिजन रिलिज हुँदैछ । यसमा दर्शकले टाइटन्सको डिक ग्रेसन, कोरी एन्डर्स, गार लोगन, कानर, डान ग्रेगर र हयाक हलको टीम त्यो ठाउँमा गएको देख्न सक्नेछन्, जहाँ उनीहरुका साथी जेसन टडको हत्या गरिएको थियो । 

अरण्यक

aranyak

डिसेम्बर १० मा नेटफ्लीक्समा मिस्ट्री थ्रिलर सिरिज ‘अरण्यक’ रिलिज हुँदैछ । विनय वायकुलको यो सिरिजबाटै बलिउड अभिनेत्री रवीना टन्डन पहिलो पटक ओटीटी फम्र्याटमा डेब्यू गर्दैछिन् । यसमा आशुतोष राणा, जाकिर हुसेन, मेघना मलिक पनि देखिनेछन् । रविना भने प्रहरी अधिकारीको भूमिकामा छिन् । 
 

डिकपल्ड
डिसेम्बर १७ मा नेटफ्लीक्समा हार्दिक मेहताले निर्देशन गरेको सिरिज ‘डिकपल्ड’ रिलिज हुँदैछ । यसमा आर माधवन र सुरवीन चावला मुख्य भूमिकामा देखिनेछन् । सिरिजमा दुबैले पति पत्नीको भूमिका निर्वाह गरेका छन् । पुरै कहानी यीनै दुइको सम्बन्धमा आधारित छ । 

प्रतिक्रिया