सभामुख निर्वाचन गर्न सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौं। सभामुखको निर्वाचन प्रयोजनका लागि प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। 

सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आजको बैठकको सुरुमा  राष्ट्रपतिको कार्यालयबाट आएको मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ। सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेका सांसद देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेवीच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया