सेवा केन्द्र र प्रहरी सेवा केन्द्रको नेतृत्वमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सातौं साधारण सभाले समाजसेवी टंकबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। यी दुवै संस्था स्थापना र सञ्चालनमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका टंकबहादुर श्रेष्ठलाई समाजले सर्वसम्मतिबाट नयाँ कार्यसमितिको अध्यक्ष पदमा चुनेको हो।

GKS

समाजको तीनजना उपाध्यक्षमा शान्तिकुमारी राई, कृष्ण केसी, धु्रबप्रसाद प्रसाईं चुनिएका छन्। त्यसैगरी महासचिवमा देबीदास भट्टराई, सचिवमा अनिलकुमार श्रेष्ठ र दिव्यराज घिमिरेलाई साधारण सभाले जिम्मेवारी दिएको छ।

समाजको कोषाध्यक्षमा शान्तिदेबी राई, सहकोषाध्यक्षमा मिना ठाकुर छन्।

KD

साथै समाजका सदस्यहरुमा सरिता श्रेष्ठ, नारायणी उप्रेती, अमिता आंबो, अनिता निराला, बीरेन्द्रसिंह तुलाधर, हर्कबहादुर गुरुंग, शशिकला प्रधान, प्रेमकुमारी गौचन, कृष्णमान शेरचन, हरिबहादुर थापा, रञ्जु रिजाल, सुमित्रा खत्री र विद्या गुरुंग चुनिएका छन्।

 साधारण सभाको निर्वाचन संयोजकमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रमुख अतिथिमा महानगर वडा नम्बर २९ का अध्यक्ष कुश ढकालको सहभागिता रहेको थियो।

TTT

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलो यस क्षेत्रकै अगुवा सामाजीक संस्थाका रुपमा क्रियाशील रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। यस क्षेत्रमा रहेका सामाजीक संघसंस्थालाई मानव सेवाका क्षेत्रमा परोपकारी काममा अझ क्रियाशील तुल्याउन आफू दत्तचित्त भएर क्रियाशील हुने अध्यक्ष श्रेष्ठ बताउँछन्।

 समाजका नवनिर्वाचित अध्यक्ष श्रेष्ठ ओम अस्पतालका निर्देशक र उपासना मिडिया ग्रूपका संस्थापक अध्यक्ष छन्।

प्रतिक्रिया