पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले  एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्। 

पूर्व राजा शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख छ। साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ।'

यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो। प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए।

प्रतिक्रिया