यति एयर दुर्घटना: जहाजका यात्रुको उद्धार गरिँदै (तस्बिरहरु)

काठमाडौं। पोखरामा आज बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य भैरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट

Yati 1

खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेको विमानस्थल कार्यालय पोखराले जानकारी दिएको छ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए। ६८ यात्रुमध्ये ३र३ जना शिशु तथा बालबालिका र ६२ वयस्क छन्।

Yati 2

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी छ।

YATI

प्रतिक्रिया